केरुङ नाकामा आयात-निर्यात सहज बनाउन कांग्रेसकाे माग

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज बनाउन चीन सरकारसँग तत्‍कालै पहल गर्न सरकार समक्ष माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर कोरोना भाइरसको संक्रमणको प्रभाव सामान्य बनिरहेको बेला उत्तरी सीमाको प्रमुख व्यापारी नाका सहज रुपमा खुल्ला गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ, यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।

२०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको थियो । अहिले स्थिति सहज बने पनि थोरै संख्यामा मात्र कन्टेरलाई प्रवेश दिइँदा व्यवसायी मर्कामा परेका छन् ।

[sidebar name="button post"]