२ फागुन, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रनिनिधि सभा विघटनको घोषणा गरेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
जिल्ला–जिल्लामा हुने विरोध प्रदर्शन तथा सभामा कांग्रेसले केन्द्रबाट प्रतिनिधि खटाएको छ । विरोध सभालाई सभापति शेरबहादुर देउवाले बुटवलमा सम्बोधन गर्नेछन् ।
[sidebar name="button post"]











