जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउनु : ओली

१ फागुन, बुटवल । नेकपा ओली समुहले शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री केपी ओलीले प्रचण्ड दाहाल समुहलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।

२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमसभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए । यसले के संकेत गर्छ गर्छ  नेकपाको प्रचण्ड-माधव र ओली समूहबीच कसको आमसमभा ठूलो भन्ने जुहारी कायमै राखेका छ ।

उसो त कसको ठूलो आससभा भन्ने जुहारी प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाउने बताएका थिए । त्यही घोषणा अनुसार ओली समूहले २३ माघमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।