श्रेष्ठ र भट्टराई प्रहरीको अपराध महाशाखामा

२९ माघ, काठमाडौं । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले प्रक्राउ गरेपछि उनलाई भेट्न नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई प्रहरीको अपराध महाशाखा पुगेका छन् । राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको अभियोगमा झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठ र भट्टराईले महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग झाँक्री पक्राउको विषयमा छलफलसमेत गरेका छन् । श्रेष्ठले विज्ञप्ती नै जारी गरेर झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरिसकेका छन् ।