झाँक्रीलाई तत्काल रिहाइको माग

२९ माघ, काठमाडौं । केपी ओली सरकारले नेकपा प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्रीलाई आज राजकाज मुद्धा लगाएर गिरफ्तार गरेपछि राजनीतिक माहोल तरंगित भएको छ ।

सरकारले नेतृ झाँक्रीलाई पक्रेपछि आजै यो समूहले तत्काल रिहाइको माग गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् ।

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता खिल्ली उडाउँदै गरिएको यो गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो बनाएको छ – विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको ढाडो आदेशमा नेतृ झाँक्रीलाई प्रहरीले पक्रेको घटनालाई धेरैले गलत र अनुचित भनेकाछन् । नेकपा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डदेखि माधवकुमार नेपाल र झलनाथ खनालसम्मले ओलीको निरंकुशताले हद पार गरेको टिप्पणी गरेका छन् ।

यस्तै नेकपा प्रचण्ड –माधव समूहकै नेताहरु योगेश भट्टराई र विष्णु रिजालले पनि सामाजिक सञ्जालमार्फत चर्काे आलोचना गरेका छन् ।   उता, नेकपाकै अर्का नेता जनार्दन शर्माले ओली सरकारले आफ्नो अभिष्ट पूरा गर्न झाँक्रीलाई पक्रेको बताएका छन् ।

सबैले विगतमा सकृय राजतन्त्रका बेलासमेत नेपाली जनताले शासकको खुलेर आलोचना गर्दा कोही पक्राउ नपरेको तर अहिलको लोकतान्त्रिक भनिएको सरकारको मति चाहिं गए गुज्रेको भन्दै चर्काे आलोचना गरेका छन् ।

[sidebar name="button post"]