संयुक्त आन्दोलनमा आउन दलहरुलाई खनालकाे आह्वान

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले ओलीले चुनाव गराउँछु भन्नु ‘खुट्टी हेरेरै पत्याइयो’ भन्दै ब्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले एउटा कथाको शिलशिलालाई जोडेर यस्तो धारणा राखेका हुन ।

खनालले भनेका छन्,“मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुईवर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,”। आगामी दुईवर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने उनले बताएका छन् ।

त्यस्तै उनले सरकार विरुद्धमा संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान समेत गरेका छन् । पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले कांग्रेस, जनता समानवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरेका हुन । उनले् भनेका छन् , आउनुस्, संयुक्त आन्दोलन गरौं । यो नेकपाको मात्र आन्दोलन होइन, “जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुनुस्”।