सुशील कोइरालाको पाँचौँ स्मृति दिवसमा दीप प्रज्वलन

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौँ स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

उनै कोइराला नेतृत्वमा नेपाको नयाँ संविधान जारी भएको थियो । नेविसंघले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संकटमा रहेको भन्दै त्यसको रक्षाका लागि लड्ने पनि बताएको छ ।

सुशील कोइरालाको नेतृत्वमा जारी भएको नेपालको संविधान आज संकटमा छ, नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, नेविसंघ सुशील कोइरालालाई स्मरण गर्दै संविधानको रक्षाका लागि अगाडि बढ्ने प्रण गर्दछ ।