नेकपा ओली समूहले आज नारायणहिटी संग्रहालय अगाडि शक्ति प्रदर्शन गर्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आज (शुक्रबार)  दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने शक्ति प्रदर्शन मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

प्रतिनिधिसभा विघटन भएपछि नेकपाको (प्रचण्ड–नेपाल) समूहले चरणवद्ध आन्दोलन गरिरहेकाे छ। त्यसक्रममा काठमाडौँमा बृहतसभा गरिएको थियो।

आजको सभाका लागि विभिन्न जिल्लाबाट हजारौँ मानिसहरुलाई काठमाडौँ उतार्ने तयारी ओली समूहको छ। तराईँका हरेक जिल्लाबाट कम्तीमा १० हजार मानिस काठमाडौँ ल्याउने तयारी भइरहेको श्रोतको दाबी छ।

त्यसपछि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले पनि काठमाडौँमै जनसभा गर्न लागेको हो। ओली समूहका नेताहरुले प्रचण्ड–नेपाल समूको जनसभालाई कटाक्ष गर्दै वास्तविक जनसभा माघ २३ (आज) मा देखाउने बताएका थिए।

[sidebar name="button post"]