ओलीकाे आमसभाका लागि डिभाइडर हटाएर सडक खाली गरियाे

२२ माघ, काठमाडौं । नेकपा ओली समुहकाे आमसभाका लागि डिभाइडर हटाएर सडक खाली गरिएकाे छ ।  नारायणहिटी दरबार संग्रहालयमा अगाडि डिभाइडर हटाएर सडक खाली गराइएको हाे ।

नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले शुक्रबार आमसभा आयोजना गरेको नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ ।

दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ ।

शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ ।