२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बन्दले जनतालाई दुख भएको बताएका छन् । हड्तालको अनुगमनमा निस्किएका नेपालले पत्रकारहरुसँग कुरा गर्दै बन्दले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं भनेका हुन् ।
साथै नेपालले प्रधानमन्त्री केपी ओलीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् ।संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ ।ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको उनले बताएका छन् ।












