Ad #144479

२२ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ताको खेल जनताको मन जितेर खेल्नु पर्ने बताउनु भएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा एक विचार लेख्दै पूर्वराजा शाहले सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जनविरोधी कृयाकलापले सह्य नहुने बताउनु भएकाे हाे ।

उनले अगाडि लेख्नु भएकाे छ, जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जाने छ । अगाडि उहाँले लेख्नु भएकाे छ, जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।

आज काठमाडौं उपत्यकासहित प्रचण्ड–नेपाल समूहको बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ । नेकपा दाहाल-नेपाल  समुहले गरेको बन्दले उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।