सरकारले द्वन्द्व तिम्त्याउन खोजेकाे श्रेष्ठकाे आरोप

 २२ माघ, काठमाडाैं ।  नेकपा प्रचण्ड-माधव समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सरकारले धरपकड गरेर द्वन्द्व तिम्त्याउन खाेजेकाे बताएका छन् ।

आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्वन्द्व तिम्त्याउन खोजेका बताएका हुन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको छ । त्यसक्रममा सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आजगनी भएको प्रहरीले बतएको छ ।

केही ठाउँमा तोडफोड भएको छ । बन्द गराउन सडकमा पुगेका प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् ।