वीरगञ्जमा दाहाल-नेपाल समूहका रहबरसहित ८ जना पक्राउ

२२ माघ, वीरगञ्ज । वीरगञ्जमा पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता पक्राउ परेका छन् । वीरगञ्जमा बिहीबार बिहान वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।