आम हड्तालमा बन्द गराउँदै हिडेका ४० जना पक्राउ

२२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिडेका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ४० जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।

दाहाल-नेपाल समूहले आह्वान गरेको हड्तालमा बन्द प्रभावकारी बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोेकेको छ । तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा दाहाल-नेपाल समूह सडक आन्दोलन गर्दै आएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संवैधानिक निकायमा आफुखुशी नियुक्ती गर्दै संसदीय सुनुवाइ विना नै शपथ ग्रहण गराएपछि त्यसको विरोधमा दाहाल-नेपाल समूहले आम हड्ताल घोषणा गरेको हो ।

अनेरास्ववियू केन्द्रीय सदस्य रविनजंग बस्‍नेत विष्णु भट्टराई, तुलसी न्यौपाने, सिसम सुवेदी, दीपा जैसी, प्रदिप भण्डारी बागबजारबाट पक्राउ परेका छन् ।