आमहड्तालको पूर्वसन्ध्यामा अनेरास्ववियूकाे मसाल जुलुस

२१ माघ, काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकाे निकट अनेरास्ववियूले काठमाडौंमा मशाल जुलुस निकालेको छ ।  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा सडक आन्दोलनमा रहेको यो समूहले आमहड्तालको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेको हो ।

मसाल जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओली विरोधी नारा लगाएका थिए । राँको खोसेर प्रहरीले आगो निभाउने कोशिस गरेको थियो ।

बुधबार काठमाडौंको बागबजारस्थित अनेरास्ववियूको कार्यालयबाट सुरु भएको मशाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियूको कार्यालय रहेको स्थानसम्म आई कोणसभामा परिणत भएको थियो ।