नवनियुक्त प्रमुख आयुक्त राईले शपथ ग्रहण लगत्तै कार्यभार सम्हाले

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले शपथ लिए लतै कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा शपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् ।

राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि आजै कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।