Ad #144479

२० माघ,काठमाडौं । नागरिक आन्दोलनका अगुवा लेखक तथा पत्रकार नारायण वाग्लेले शासकहरुले गरेको रवैयाको एकएक हिसाब टुँडिखेलबाट मागिने बताएका छन् । त्यस्तै उनले फागुन ७ गते टुँडिखेलमा जनआन्दोलन हुने समेत बताएका छन् । वाग्लेले टुँडिखेलको काँडेतार हटाएर आन्दोलन गर्ने चेतावानी दिएका छन् ।

वाग्लेले मंगलबार शोभा भगवतीको नागरिक आन्दोलनमा बोल्दै भने ‘पहिले पनि प्रतिगमनविरूद्ध टुँडिखेलमा नागरिक आन्दोलनको घोषणा भएको थियो, म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ,’ ।

त्यस्तै उनले बृहत् नागरिक आन्दोलनको घोषणा पत्र सार्वजनिक गर्दै नयाँ जनआन्दोलन पनि गर्ने बताएका छन् । २००७ सालपछिको इतिहास पुर्न व्याख्या गर्दै शासकहरूले गलत रवैया देखाएको र गलत काम गरेको भन्दै त्यसको एकएक हिसाब टुँडिखेलबाट मागिने पनि उनले बताएका छन् ।

‘टुँडिखेलमा भेला भएर पहिलो बृहत् नागरिक भेलाले ७० वर्षदेखिको एक एक हिसाब माग्नुपर्ने बेला भएको उनले बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि बृहत् नागरिक आन्दोलन सुरू भएको हो।