२० माघ, काठमाडौं । नेकपा दाहाल– नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलना मुद्धाको सुनुवाई आज हुदै छ । सोमबार अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा प्रचण्ड विरुद्ध मुद्धा दर्ता गराएका थिए ।
प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकले दाबी गरेका छन् । सोमबार दर्ता गरिएको निवेदनमा आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
यसअघि, प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।












