१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनलाई सघाएको ठहर गर्दै नेकपा प्रचण्ड–माधव समूहले माइतीघर मण्डेलामा थालेको प्रदर्शनी आजबाट अन्त्य गरेको छ । पार्टीले संघर्षका अन्य कार्यक्रम जारी राख्ने भएकाले हाललाई माइतीघर मण्डेलाको धर्ना कार्यक्रम स्थगित भएको जानकारी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दिएका छन् ।
आजको धर्ना कार्यक्रमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसमेत सहभागी छन् । सोही कार्यक्रमलाई संवोधन गर्दै नेता पाण्डेले ओलीले गर्ने भनिएको माघ २३ को प्रदर्शनीमा पूर्व राजावादीहरु मात्र आउने दाबा गरे ।
ओलीको शक्ति प्रदर्शनी भनेको पूर्व राजावादीहरुको सहभागितामा हुने हो , त्यसका लागि उनीहरुले उर्दी जारी गरिसकेका छन्– पाण्डेले भने । साथै, ओलीले उक्त प्रदर्शनीबाट नेपाल हिन्दू राज्य बनाउने उद्घोष गर्ने छन्, त्यसैले अहिले उनी मन्दिर मन्दिर धाएर अयोध्या काण्ड मच्चाउन उद्यत् भएका हुन् – नेता पाण्डेले भने ।












