नेकपाका दुबै पक्षलाई छलफलका लागि आयोगले बाेलायाे

१४ माघ, काठमाडाैं । नेकपाको आधिकारिकताबारे अनिर्णित अवस्थामा रहेको निर्वाचन आयोगले यसको छिनोफानो गर्न दुबै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ ।

केपी ओली र प्रचण्ड–माधव पक्षमा विभाजित नेकपा दुबै पक्षले आधिकारिकता दाबी गरेकाछन् । तर आयोगले यसको दुबै पक्षले आधिकारिता दाबी गरेपनि पर्याप्त आधार र प्रमाण पेश गर्न नसकेको भन्दै पुरानै कमिटीलाई मान्यता दिएको छ ।

राजनीतिक रुपमा दुबै समूह अलग भएकाले यस्तो अवस्था लामो समय राख्न नमिल्ने भनी दबाब परिरहेका बेला आयोगले विवादको निराकण गर्न भोलि बैठक बोलाएको हो ।

दुबै पक्षबाट पाँच पाँच जनालाई बोलाइएको आयोगले जनाएकोछ । भोलि शुक्रबार विहान साढे ११ बजेका लागि बोलाइएको आयोगले जनाएको छ ।

[sidebar name="button post"]