राजनीतिक दल र नेतृत्व सत्तादोहनकै रनभुल्लमा : भट्टराई

१४ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजबादी दलका परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनको गम्भिरता बुझ्न राजनीतिक दलका नेताहरुलाई हम्मे पर्नु बिडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर हेण्डलमा डा. भट्टराईले दलहरु सत्ता दोहनको भ¥याङ मात्र भएको उल्लेख गरेका छन् । बरु नागरिक समाजले भने ओलीको प्रतिगमनको डटेर प्रतिरोध गरेको उनको ठम्याई छ ।

उनले लेखेका छन्–पछिल्लो समय भइरहेको बौद्धिकहरुको सकृयता प्रशंसनीय छ । तर राजनीतिक दल र नेतृत्व भने सत्तादोहनकै रनभुल्लमा पर्नु बिडम्बनापूर्ण छ ।

[sidebar name="button post"]