१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमन हो भन्दै प्रचण्ड–माधव समूहले अहिले राजधानीमा सिठ्ठी जुलुस निकाल्ने तयारी गरिरहकोछ ।
अपरान्ह ३ बजे लैनचौरबाट निकाल्ने तयारीमा रहेको उक्त जुलुशले असन , इन्द्र चोक हुँदै वसन्तुर पुगेर समापन गर्ने छ ।
युवाहरुको सहभागितामा हुन लागको उक्त जुलुशको नेतृत्व राष्ट्रिय युवा संघले गर्ने बताइएकोछ । जुलुशलाई जनसंगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
[sidebar name="button post"]









