१३ माघ, काठमाडौं । अन्ततः वामदेव गौतमले आफ्नो अभिष्ट स्वीकारे– मलाई जसले अध्यक्ष बनाउँछ,उसैको साथमा रहने छु । आज पत्रकारहरुसँग कुरा गर्दै गौतमले मन भित्रको कुरा खोले । भने–मलाई केपी ओली वा पुष्पकमल दाहाल जुन समूहले अध्यक्ष दिन्छ उतै लाग्छुु । हुनपनि गौतमको चरित्र त्यही नै हो । पार्टी एकताको रटान जतिसुकै लगाएपनि उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने अभियानमै तल्लिन छन् ।
आजपनि पत्रकारहरुसँग कुरा गर्दा चाहिं गौतमले फेरि दोह¥याए – अध्यक्ष भएपछि त्यही पार्टीका तर्फबाट मेरो एकता अभियान अझै तीब्र हुनेछ । आफूले अहिले चलाएको एकता अभियानको अभिष्ट पनि त्यही हो भन्दै गौतमले भने–जुन समूहले अध्यक्ष बनाएपनि मैले गर्ने काम चाहिं पार्टी एकता नै हो ।
आफूले पार्टीमा गुटबन्दी नचलाएकैले अहिले कोही साथमा नरहेको प्रष्ट पार्दै गौतमले निर्वाचन आयोगलेसमेत आफ्नै धारणालाई बल पु¥याएकोमा सन्तोष प्रकट गरे । विगतमा आफूले तत्कालिन नेकपा एमाले र माओवादीबीच एकता गराएको स्मरण गर्दै उनले भने–अब पनि मैले नै ओली र प्रचण्डबीच फेरि एकता गराउने छु । तर मलाई अध्यक्ष चाहिं बनाउनु प¥यो । यसका लागि भोलिबाटै एकता अभियानको थालनी गर्न लागेको जानकारी उनले दिए ।
मलाई दुबै पक्षले आफ्नो पार्टीमा आउन निम्तो दिनुभएकोछ, तर म अध्यक्ष पाएमात्रै जाने नत्र एकता अभियान जारी राख्ने पक्षमा रहेको नेता गौतमले प्रष्ट्याए ।











