बेञ्च बजारिया हल्लाको पछाडी लाग्दैन : प्रधानन्यायधीश राणा

 ११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको मानहानी हुने अभिप्रायले दिएको अभिव्यक्ति उपर कानून व्यावसायीहरुले प्रश्न उठाउँदासमेत प्रधानन्यायधिश चोलेन्द्र सम्शेर राणाले चासो दिएकाछैनन् ।

प्रतिनिधिसभा विघटनबार आज जारी सुनुवाईको क्रममा रिट निवेदक दिनेश त्रिपाठीले बेञ्चको ध्यान आकृष्ट होस् भन्दै प्रधानमन्त्री ओलीका अभिव्यक्ति सम्मानित सर्वाेच्च अदालतको मानमर्दन गर्ने खालको भएको जिकीर गरे । उनले भने–ओलीले विघटनसम्बन्धी सुनुवाईलाई तमासा भनेको र बाजे वकिललाई पनि तमासा देखाउन अदालत लगिएको भन्नु घोर अपमान हो ।

तर प्रधानन्यायधीश राणाले भने त्रिपाठीको कुरा नसकिंदै भने–बेञ्च बजारिया हल्लाको पछाडी लाग्दैन । बजारमा कसले के हल्ला गर्छ ,त्यो सुन्ने फुर्सद अदालतलाई छैन , हामी कसैका कुरा सुन्दैनौं ।

[sidebar name="button post"]