Ad #144479

८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसम्वद्ध पत्रकारहरुको राष्ट्रिय भेला गुटगत रुपमा हुन थालेका छन् । माउ पार्टी विभाजनको प्रत्यक्ष प्रभाव पत्रकारहरुमा समेत प्रष्ट देखिएकाे छ । आज प्रधानमन्त्री केपी ओली निकट पत्रकारहरु राजधानीमा भेला हुँदैछन् ।

राष्ट्रियसभा गृहमा आयोजना गरिएको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री ओली मुख्य वक्ताका रुपमा रहने छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला नाम दिइएको उक्त भेलामा देशैभरिका ओली निकट पत्रकार भेला हुनेछन् ।

यसअघि अस्ती मंगलबार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल निकट पत्रकारहरुले यस्तै भेलाको आयोजना गरिसकेका छन् । आजको भेलामा प्रधानमन्त्री ओली लगायत नेताहरुको सहभागिता रहने संयोजक गणेश बस्नेतले जानकारी दिएका छन् ।