पहिला संविधान जोगाउने अनि चुनावमा जाने : वरिष्ठ नेता पौडेल

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्–‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’ पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आएका छन्।

वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन–‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन् । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’

काँग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधि सभा दुबै स्विकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै काँग्रेस सडकमा ओर्लिएको छ।

[sidebar name="button post"]