प्रचण्ड–माधव समूहले ओलीविरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

४ माघ, काठमाडाैं । काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी ओलीविरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउने भएको छ । यस क्रममा यही माघ ९ गते राजधानीमा दुई लाख मानिस उतार्ने योजनासहितआन्दोलनका कार्यक्रम तय गरिएको छ ।  आज काठमाडौंमाआयोजित राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई संवोधनगर्दै अध्यक्ष प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

देशमा विकसित पछिल्लो गतिविधि र घटनाक्रमलाई हेरेर हामीले आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन सकेसम्म ढिला नगर्ने नीति तय गरेकाले माघ १६ गतेकालागि तय कार्यक्रम ९ गते नै गर्ने निर्णय भएको जानकारी अध्यक्ष प्रचण्डले दिएका छन् ।  प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनलाई जवर्जस्ती बैधतादिनबलजफ्तीगर्न थालेकाले आन्दोलनतत्काल र प्रभावकारी बनाइनुपर्ने अवस्था निर्माण भएको छ– अध्यक्ष प्रचण्डले भने ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई भड्खालोमा हाल्ने ओलीलाई हामी साधारण सदस्यबाट समेत हटाउन वाध्यहुने अवस्थामापुगेका छौं भन्दै उनले देशलाई लोकतान्त्रिक पद्धति र प्रणालीमा लैजान संसद् पुुनस्थापनाको विकल्पनहरेको बताएका छन् । ओलीप्रवृत्ति परास्तगर्न राजधानीका युवा सडकमा आउनैपर्ने वाध्यता आइपरेकाले आन्दोलनले आँधीबेहरी ल्याउने पनि उनले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •