Ad #144479

२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने  निर्णय गरेकाे छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो । पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाले अब राजधानी केन्द्रित कार्यक्रममा जोड दिने भएको छ ।

बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारेमा ब्रिफिङ गरेका थिए । ब्रिफिङ्‌मा कांग्रेसले तत्काल संयुक्त आन्दोलनमा साथ नदिने बताएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । बैठकमा सातै प्रदेशका इन्चार्जले जिल्लाको सांगठिक अवस्था र जारी आन्दोलनको प्रभाकारीताबारे ब्रिफिङ् गरेका थिए ।