Ad #144479

२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी रिट उपर आजको वहसपनि वृहत् वा संवैधानिक इजलाशकै सन्दर्भमा रुमल्लिने देखिएको छ ।  प्रधानमन्त्री केपी ओलीले गरेको विघटन असंवैधानिक भन्दै विभिन्न १३ वटा रिट परेका छन् ।

यसको छिनोफानो गर्न प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले पाँच सदस्यीय संवैधानिक इजलाश गठन गरेका छन् ।
इजलाश गठन गर्दा ओलीसँग स्वार्थ बाझिने गरी न्यायधीश हरिकृष्ण कार्कीलाई समावेश गराएको भन्दै चर्काे विरोध भएपछि उनी बाहिरिएका छन् ।

तर राणाले उनको ठाउँमा फेरिपनि नेकपाकै सिफारिशमा न्यायधीश भएकी सपना प्रधान मल्ललाई तोकेका छन् । तर अधिकांश कानून व्यावसायीहरु भने यस्तो गम्भिर र संवेदनशील विषयमा न्याय निरुपण गर्न सर्वाेच्चले वृहत् इजलाश नै गठन गर्नुृपर्ने आवाज उठाइरहेका छन् ।

तर प्रधानन्यायधीश राणाले भने त्यतापट्टि खासै रुचि देखाएका छैनन् ।  अहिले सर्वाेच्चमा सुनुवाई सुरु भएकोछ । आज प्रतिवादीका पक्षबाट वहस गरिने पनि सर्वाेच्चले जनाएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट आज वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले प्रतिनिधिसभा विघटनको समर्थनमा वहस गर्ने भएका छन् । वरिष्ठ अधिवक्ता भट्टराई राजावादी वकिलका रुपमा परिचित छन् ।