१ माघ, काठमाडौं । नेकपा ‘दाहाल-नेपाल समूह’ले प्रतिनिधिसभा विघटनविरुद्धको काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बिहीबारबाट काठमाडौंमा सुरु भएको स्थायी समिति बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकको आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन व्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामबारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
नेपालले ओली समूहले निर्वाचन आयोगलाई आफ्नो दाबीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिए । बिहीबारको बैठकमा प्रदेश इन्चार्जहरूले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । बैठक शुक्रबार बिहान ११ पुनः बस्नेछ ।












