Ad #144479

२९ पुष, काठमाडौं । नेपाल विद्याथी संघले प्रधानमन्त्री केपी ओलीको संसद विघटनविरुद्ध कपाल मुण्डन कपाल मुण्डन गर्न खोज्दा प्रहरी हस्तक्षेप भएकाे छ ।

काठमाडौंको मध्यबानेश्वरमा नेविसंघले ओलीको असंबैधानिक कदमविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्दै गर्दा केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हाे ।

 कपाल मुण्डन गरेर मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । त्यसक्रममा नेविसंघका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ ।