हिजोआज ओली समूहका भेला कमेडी शोका रुपमा प्रस्तुत : प्रचण्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२९ पुष, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीति प्रहसन र कमेडी शोका रुपमा प्रस्तुत गर्न प्रधानमन्त्री केपी ओली उद्यत् रहेको बताएका छन् ।  आफू पक्षीय काठमाडौ जिल्लास्तरीय भेलाको आज राजधानीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने–हिजोआज ओली समूहका भेलाहरु प्रहशन र कमेडी शोका रुपमा देखापरेका छन् ।

तर आफूहरु भने देशको राजनीतिलाई सही दिशामा लैजान संघर्षको मैदानमा खडा भएको दाबी गर्दै भने–नेपाली जनताले ७० वर्ष आन्दोलन गरी प्राप्त संघीयता र गणतन्त्र ओलीले खोस्न खोजेका छन्, त्यसका विरुद्ध जनता सडकमा ओर्लिएका छन् ।

जनताको नासोका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनता फेरि सडकमा आउनुपर्ने वाध्यता सिर्जना गर्ने ओलीलाई अब सत्ताबाट गलहत्याउनुको विकल्प नरहेकोपनि अध्यक्ष प्रचण्डले स्पष्ट गरेका छन् । अहिलेको अवस्थामा कसरी अगाडि बढ्ने र ओलीको निरंकुशतालाई कसरी परास्त गर्ने भन्ने विषयमै कार्यकर्ताहरुसँग अन्तक्र्रिया गर्न लागेकोसमेत उनले उल्लेख गरे ।

देश यस्तो गम्भिर मोडमा छ, तर ओलीहरु भने मानिस भेला पारेर प्रहशन र कमेडी शो गर्न लागिपरेका छन्, त्यसैले न्यायप्रेमी जनताले ओलीको निरंकुशतन्त्रलाई घुँडा टेकाउनै पर्छ – अध्यक्ष प्रचण्डले भने । अहिलेको जटिल अवस्थामा राजधानीवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भने – काठमाडौं जाग्यो भने ओलीहरुको केही लाग्नेवाला छैन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •