२६ पुष, काठमाडौं । प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलङकी मकालु पेट्रोल पम्प अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन ‘नूफिन’ र १ सय एम्पुल फेनारगन सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ रविभवन बस्ने २८ वर्षीय नकुल श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका-२ ठेगाना भएका २९ वर्षीय गणेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका-२ बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीय मनोज नेपाली रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
[sidebar name="button post"]









