२४ पुष, बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बर्दिया प्रहरीले दएको जानकारी अनुसार दुर्घटनामा परी ठाकुरबाबा नगरपालिका वडा नं १ डुम्रेनीका त्रिभुवन आचार्यको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजारदेखि करिब ३ किलोमिटर रानिपुर नजिकै पश्चिमतिर गइरहेको मोटरसाइकल लडियामा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा सोही ठाउँकै तिर्थ आचार्य भएको प्रहरीले जनाइएको छ ।












