Ad #144479

समिता श्रेष्ठ

नमस्ते आधुनिक लघुकथा मञ्चले चितवनको राप्ती नगरपालिका वडा न ८ मा रहेको कुमार बलराम छात्रवासलाई पचास हजार बराबर सामाग्रीहरु सहयोग गरेको छ ।

जसमा सिरक- १० थान, डसना -१० थान र तकिया २० थान सहित कान्दा पुर्याउनलाग्ने ढुवानी खर्च समेत छात्रावासका इन्चार्ज मनोज श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालित छात्रवासमा अहिले १ सय १३ भन्दा बढी आश्रित रहेका छन । सहयोग हस्तान्तरण कार्यक्रम हिजो राप्ती ८ को श्री आधारभुत विद्यालय गरिएको थियो ।

कार्यक्रममा मञ्चका अध्यक्षले खाद्यन सामाग्रि दिने योजना हुँदा हुँदै अहिलेको लागी अति आवश्यक रहेको सिरक डसना दिइएको बताउनु भयो । उहाँले यो सहयोग सधै र निरन्तर रहने बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिशरण डल्लाकोटी, प्रध्यानाध्यापक मिठुकुमारी पाठक , सञ्चारकर्मिको उपस्थिती रहेको थियो ।

न्यानो हस्तान्तरण कार्यक्रमलाई अझ न्यानो महसुश गराउने उद्देश्यले उक्त अवसरमा आधुनिक लघुकथा मञ्चका लघुकथा बाचक लक्ष्मण भट्टले लघुकथा बाचन गर्नुभएको थियो ।