समिता श्रेष्ठ
१८ पुष, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ को विकट पहाड ” कान्दा ” जस्तो कुना कन्दरामा “लक्ष्मी प्रतिष्ठान”ले विपन्न चेपाङ तथा तमाङ समुदायका बालबालिकाहरूको लगि लगातार काम गरेको ८ बर्ष भएकोछ । एक सय तेत्तीस बालबालिकाहरु सहित तिनलाई पकाउने , खुवाउने , सरसफाइ तथा रेखदेख गर्ने , पढाउने , खेल खेलाउने करिब , सामान्य स्वास्थ्य उपचार गर्ने सहयोगीहरू सहित २०० जनाको एउटै भान्सा चलाउन सुरु गरेकोनै ६ बर्ष बितेकोछ ।
यो खबर सायद राज्यलाई थाहा छैन होला वा थाहा भएर पनि थाहा नभए झैँ , अनदेखा गरेको होला तर महान् सहयोगी मन भएका स्वदेशी तथा केही विदेशीहरूको कृपाले जेनतेन चलिरहेकै छ। कठोर भूगोल र गरीबीका कारन बिगतमा बिद्यालय जानबाट बन्चित बालबालिकाहरुले अफ्नै गाउँमा छात्रावासमा बसेर निशुल्क सेवा पाईरहेका थिएनन् विद्यालय जाने विद्यार्थीहरूको संख्या निकै न्यून थियो ।
जब लक्ष्मी प्रतिष्ठान कान्दा पुग्यो , त्यस यता बालबालिकाहरू विद्यालय नजिकै निर्माण गरिएको छात्रावासमा निशुल्क बस्न , खान पाएपछि विद्यालय जान थालेका छन् । लक्ष्मी प्रतिष्ठानले त्यहाँ छात्रावासको मात्र व्यवस्था गरेको छैन , बालबच्चाहरूको सम्पूर्ण हेरचाह , रेखदेख गरेको छ । सामान्य स्वास्थ्य उपचार , मार्शल आर्टका प्रशिक्षक व्यवस्था गरी राष्ट्रियस्तरका खेलाडीहरू पनि उत्पादन गरिरहेको छ ।
त्यहाँका छोराछोरीहरूलाई भविष्यमा कसरी कान्दा रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने सोचाइमा लक्ष्मी प्रतिष्ठान रातदिन काम गरिरहेको छ । यस महान कार्यमा अहोरात्र खटिनु भएका लक्ष्मी प्रतिष्ठानका आदरणिय अध्यक्ष बिष्णु गौतम , उहाँको टिम तथा सबै सबै , पर्दा अगाडि र पछाडि बसेर सहयोग गरिरहनु भएका मानवीय कोमल मनहरूलाई बाट नै ती बालबालिकाहरु राम्रो जीवन यापन गरिरहेका छन ।
एउटा नेपालीले शुरु गरेको पवित्र मानवीय कामलाई सानोतिनो भरथेग गर्नु र हौसला तथा प्रोत्साहन गर्नु हामी सबैको कर्तव्य नै हो । यसै कर्तव्य वोध सहित “नमस्ते आधुनिक लघुकथा मञ्च”ले लक्ष्मी प्रतिष्ठान मार्फतका बालबालिकाहरूलाई रू पचास हजार बराबरको १० / १० थान सिरक डसना, २० थान सिरानी , सिरक र सिरानीका खोल तथा तन्ना सहयोग आदि सहयोग आज गर्ने भएको छ ।
यो सहयोग कार्यक्रम सुनेर आफ्नो र आफन्तहरूको जन्मदिन , विवाह वर्षगाँठ र पुण्य तिथिको अवसरमा आएको आर्थिक सहयोग बाट नै गर्न लागिएको हो । यो कार्यक्रम विशुद्ध समाजसेवाको भाव बाट समाजसेवी मनहरु बाट संचालन गरिएको कार्यक्रम हो । यस कार्यक्रम बाट समाजसेवाको कामहरू गर्दै आइरहेको छ।











