सुदुरका भौतिकमन्त्री बोहरा बर्खास्त

१४ पुष, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री भट्टले बोहरालाई मंगलबार बर्खास्त गरेका हुन् ।

केपी शर्मा ओली निकटका मन्त्री बोहरा भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा राम्रै गरेका थिए । तर उनैले अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना बढेपछि उनले बर्खास्त गरेका हुन् ।

बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । पछिल्लो समय नेकपा विभाजन भएपछि ओली र प्रचण्ड नेपाल समूहले एक अर्काविरुद्ध सरकार ढाल्ने कोसिस गरिरहेका छन् ।

[sidebar name="button post"]