ग्यास बिक्रेता संघ नेपालको सातौँ बार्षिक साधारणसभा,चौथो अधिबेशन एवं सम्मान कार्यक्रम गोकेर्णेश्वर ५ स्थित बिरङगना होटेलमा ग्यास बिक्रेता महासघ नेपालका केन्द्रीय अध्यक्ष महेश्वर कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम उद्दघाटन गरिएको छ।
सो कार्यक्रममा ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापा,कोषाध्यक्ष राजेश दाहाल, महासचिव बिष्णु दुलाल,बागमती प्रदेश अध्यक्ष ग्यानेन्द्र रिजाल लगायत ग्यास बिक्रेताहरुको उपस्थिति थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिले ग्यास व्यावसायिहरुको हकहितका लागि आफैं व्यवस्थित र पार्दशी भएर आफ्ना आवाज बुलन्द पार्नु पर्ने बताउनु भएको छ भने सो कार्यक्रमको सभापति क्षेत्रिय अध्यक्ष रामहरि पराजुलीले गर्नु बह्येको थियो। साथै सो कार्यक्रमको दोस्रो सत्रबाट जयराम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको पनि चयन गरियो।












