९ पुष, डोटी । जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका छन् ।
गए राति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर घाइते भएका निज बालकको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कारको ठक्करबाट बालक गम्भीर घाइते थिए, यहाँ उपचार हुन नसकेपछि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।
[sidebar name="button post"]









