४ पुष, काठमाडौं । उज्यालो रेडियो नेटवर्कमा कार्यरत सिल्भिया राजोपाध्याय र कुमार रञ्जितलाई शंखरापुर सक्व कृषि फार्मले नगद ५ हजारसहित सम्मान गरेको छ।
नेपालभाषा साहित्य, संस्कृति लगायत जनजीवनका विविध पक्षको उत्थानमा अतुलनीय योगदान पुर्याए बापत् दुई सञ्चारकर्मी तथा पत्रकारहरूलाई नगद सहित सम्मान गरिएको हो।
शनिबार साँखुमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतपष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी र फार्मका प्रमुख इञ्जिनीयर राजदास श्रेष्ठले सम्मान प्रदान गर्नुभएको हो।
कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीहरू प्रकाशमान सक्व, नरेश वीर शाक्य, नारद बज्राचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।












