२८ मंसिर, कपिलवस्तु । कपिलवस्तुमा ५० रुपैयाँका लागि एक युवकले फुपुको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ बर्षीय महिला सुशिला खड्काको हत्या आफ्नै भदा नाता पर्नै तोरण खड्काले गरेको पुष्टि भएको हो ।
सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गरेर तोरणले हत्या गरेका थिए । हत्या गर्नुअघि दुवैले रक्सी र चुरोट खाएका थिए । चुरोट, रक्सी खाएपछि थप रक्सी ल्याउनका लागि ५० रुपैयाँको विवाद हुँदा तोरणले फुपुको हत्या गरेको प्रहरीको भनाई छ ।
नेपालगञ्जबाट ल्याइएको ट्रयाकर नामको तालिमप्राप्त कुकुरले हत्यारा तोरणलाई पत्ता लगाएको थियो । कुकुरकै कारण अनुसन्धानमा सफलता मिलेको प्रहरीको भनाई छ ।












