Ad #144479

२८ मंसिर, सल्यान । सल्यानको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । कपुरकोट गाउँपालकिा-४ किमुचौरस्थित विद्यालयका  प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको छ ।

संक्रमित ८ शिक्षकमध्ये एकजना कोरोनामुक्त भइसकेका छन् ।  विद्यालयका अन्य ६ जना शिक्षकको पनि परीक्षणका लागि स्वाब पठाइएको छ । उनीहरुको रिपोर्ट आइनसकेको छ । यही मंसिर ७ गतेदेखि पठनपाठन सुरु गरेको विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको थियो ।