Ad #144479

२४ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट कास्कीको पोखरामा थप तीनजनाको मृत्यु भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा–१५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको हो । ७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–१६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।