बाराकी संक्रमित महिलाको वीरगञ्जमा मृत्यु

२२ मंसिर, वीरगञ्ज । बाराकी एकजना कोरोना संक्रमित महिलाको वीरगञ्जमा मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराह बस्ने ७१ वर्षीया धनकुमारी सुनुवारको मृत्यु भएको हो ।

मंसिर १४ गते दमको समस्या आएपछि उनलाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । बयोधामै स्वाब संकलन गरी मंसिर १६ गते पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई नेसनल मेडिकलले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा राखिएको थियो । सोमबार बिहान पौने ६ बजे उपचारकै क्रममा उनकाे मृत्यु भएको हाे ।

 बाबा आइसोलेसनमा ५ जना गम्भीर अवस्थाका संक्रमित छन् । जसमध्ये २ जनालाई भेन्टिलेटरमै राखिएको डाक्टर ओमप्रकाशले जानकारी दिए ।

[sidebar name="button post"]