रुपन्देहीमा ५५ वर्षीया संक्रमित महिलाको मृत्यु

२१ मंसिर, रुपन्देही । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

[sidebar name="button post"]