१९ मंसिर, बर्दिया । नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार पल्टिँदा ३४ जना घाइते भएका छन् । तीमध्ये तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो । घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय राम शंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।
[sidebar name="button post"]









