Ad #144479

१९ मंसिर, पोखरा । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारको क्रममा पोखरा महानगरपालिका-८ की ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।