भक्तपुरमा स्कुटर पल्टि‌ँ‌दा चालकको मृत्यु

१६ मंसिर, भक्तपुर । भक्तपुरको एसओएस चोकमा स्कुटर पल्टि‌ँ‌दा चालकको मृत्यु भएको छ ।  गएराति सवा १० बजे थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]