अछाममा बस दुर्घटना हुँदा एककाे ज्यान गयाे, १७ घाइते

१५ मंसिर, अछाम । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ । यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेकाे छ ।  बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।
[sidebar name="button post"]