बडिगाडमा मोटरसाइकल दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

१३ मंसिर, गलकोट। बागलुङको बडिगाड गाउँपालिका–२ स्थित लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । ललितपुर घर भई गलकोट आउनुभएका किरात लामाले चलाउँदै आएको ध१प २६०७ नंको मोटरसाइकल दुर्घटना हुँदा लामा गम्भीर घाइते हुनुभएको छ ।

गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

लामाको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ । मोटरसाइकलमा दुई जना सवार भए पनि एक जना सकुसल भएको प्रहरीको भनाइ छ । मोटरसाइकल ६० मिटर तल खसेको छ ।


  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares